लिगमा बिहीबार बिहान पाँचथर र गाईघाट तथा दिउँसो देउराली र बुइपा-११ बिच खेल हुनेछ । भने उक्त खेलले लिगको विजेता उपविजेताको टुङ्गो समेत लाग्नेछ ।

प्रतियोगितामा ११ जिल्लाका लिग च्याम्पियन क्लबहरूबिच प्रतिस्पर्धा भएको थियो । प्रतियोगिता फागुन ८ गतेसम्म सञ्चालन हुने सङ्घका अध्यक्ष किशोर राईले जानकारी दिए । लिग विजेताले २ लाख, उपविजेताले १ लाख ५० हजार, तेस्रो हुने टिमले १ लाख २५ हजार र चौथो हुने टिमले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।