धनकुटा । नेपाल किसान महासंघ धनकुटाको आज सम्पन्न चौथो जिल्ला अधिवेशनले दिलकुमार राईको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गर्नुका साथै पूर्वअध्यक्ष सहित तीन जना अग्रजहरूलाई सम्मान गरेको छ । उक्त अधिवेशनको उद्घाटन नेपाली काग्रेस धनकुुटाका जिल्ला सभापति दिनेश राई, पूर्वआमन्त्रित सदस्य तथा संविधानसभा सदस्य मनोहर नारायण श्रेष्ठ, नेपाल किसान महासंघका केन्द्रिय सदस्य केन्द्रिय प्रतिनिधि विमन पराजुलीले बिरुवामा पानी लगाई संयुक्त रुपमा उद्घाटन गर्दै नेपालमा व्यवसायिक कृषि खेती व्यापक रुपमा गरी किसान र देशलाई समृद्धि बनाउन सकिने बताए ।
सो अवसरमा संविधानसभा सदस्य लिला सुब्बा, नेपाली काँग्रेस धनकुटाका महासमिति सदस्य अजितनारायण सिंह थापा, नेपाली कांग्रेस कोशी प्रदेश कार्य समितिका सदस्य नविन किशोर शाक्य, पाख्रिवास नगरपालिका नगरप्रमुख ज्ञानवहादुर गुरुङ, नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, नेपाल तरुण दलका केन्द्रिय सदस्य तिलक महत, सम्मानित व्यक्तित्व कृषि अभियन्ता जीवनप्रसाद राई लगायतले नेपाल कृषि प्रधान देश भएकाले कृषिक्षेत्रको विकास गरेमात्र मुलुकको समग्र विकास हुने भएकाले व्यवसायिक कृषि अभियानमा लाग्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल किसान महासंघ धनकुटाका पूर्वअध्यक्ष ईन्द्रवहादुर ढुंगेल, पूर्वउपाध्यक्ष भोलानाथ घिमिरे र तीन दशकदेखि कृषि क्षेत्रको अध्ययन अवलोकन गरी धनकुटामा एभोकाडो,ड्रागन फ्रुट, कफि खेती व्यवसायिक रूपमा किसानहरुलाई खेति गर्न अभियान सुरु गरेका कृषि अभियन्ता जीवनप्रसाद राईलाई ढाका टोपी, खादा, माला लगाई दिई सम्मान पत्र प्रदान गरी सम्मान गरिएको थियो । नेपाल किसान महासंघ धनकुटाका तदर्थ समितिका अध्यक्ष दिलकुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सचिव भोगेन्द्र कार्कीले र संचालन अर्का सचिव गोकुल लुईटेलले गरेका थिए ।
नेपाल किसान महासंघ धनकुटाको चौथो जिल्ला अधिवेशनबाट दिलकुमार राई अध्यक्ष ,उपाध्यक्ष टेक वहादुर यांखा, सचिवद्वयमा गोकुल लुईटेल, भोगेन्द्र कार्की, कोषाध्यक्ष कमला लिम्बु र सदस्यहरूमा प्रेम कार्की, गजेन्द्र राई, शान्ति राई, नगेन्द्र राई, गोविन्द वस्नेत, चित्रखर पौडेल, सरिता कटुवाल, लालबहादुर तामाङ, सर्मिला राई, खगेन्द्र महत, लक्ष्मी काफ्ले निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक विजय सन्तोषी राईले बताए । यसैगरी केन्द्रिय प्रतिनिधिमा पदमबहादुर महत, पदम राई र ईन्दिरा भूजेल निर्वाचित भएका छन् । प्रदेश महाधिवेशन प्रतिनिधिमा प्रदेश सभा क बाट सिता राना, बखत भट्टराई, दुर्गा वहादुर विष्ट र प्रदेश सभा ख बाट भिष्मराज गुरुङ, राजकुमार राई र इन्द्र कुमारी राईलाई निर्वाचित गरेको छ ।
नेपाल किसान महासंघ धनकुटाको दुवै प्रदेश सभाको क्षेत्रिय अधिवेशनबाट क्षेत्रीय कार्य समिति समेत निर्वाचित गरेको छ । उक्त प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट प्रदेश सभा क को नेपाल किसान महासंघको प्रदेश सभा क्षेत्रीय अध्यक्षमा मेघराज थापा, उपाध्यक्षमा चन्द्रकुमारी थापा, उपाध्यक्षमा लक्ष्मण राई, सचिव भुवन साम्पाङ र सदस्यहरूमा रमा दाहाल ,पवित्रा कुमारी कार्की, बिमला देवी भण्डार, गजेन्द्र राई, कुमार बुढाथोकी, देवेन्द्र चाम्लिङ, हर्क ठोक्कर, इन्द्र वहादुर राई, एनमान राई, घनश्याम न्यौपाने लगायत १५ सदस्यीय कार्यसमिति चयन भएको महासमिति सदस्य दुर्गा सुवेदीले वताए । यसैगरी नेपाल किसान महासंघ धनकुटा प्रदेश सभा ख को अध्यक्षमा रोहित थापा,उपाध्यक्ष हर्क वहादुर राई,सचिव सिता लुंगेली र सदस्यहरुमा दिल कुमारी राई,राम जी भण्डारी,तुलसी खड्का निर्विरोध निर्वाचित हुनु भएको छ ।
यस्तैगरी धनकुटा नगर कार्य समितिमा गोविन्द श्रेष्ठ अध्यक्ष र सुजन राई सचिव सहित १५ सदस्यीय नगर कार्य समिति, सहिदभूमी गाउँपालिका कार्य समितिमा लक्षुमण राई अध्यक्ष, असिम राई सचिव सहित१५ सदस्यीय कार्य समिति, साँगुरीगढी गाउँपालिका कार्य समितिको अध्यक्ष अम्वर वहादुर राई र सचिव मणीराज राई र चौविसे गाउँपालिका कार्य समितिको अध्यक्ष पदम राई र सचिव चिन्तामणी पौडेल निर्विरोध निर्वाचित भएको नेपाल किसान महासंघका केन्द्रिय सदस्य ललितबहादुर चेम्जोङले वताए ।
कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सचिव जयन्द्र घिसिङ, महासमिति सदस्य सुमना तिम्सिना, पूर्वमहासमिति सदस्य दुर्गा सुवेदी, ललित चेम्जोङ, मीनबहादुर कार्की, जिल्ला सदस्यहरु श्रीकृष्ण प्रधान, नेपाल तरुण दलका केन्द्रिय सदस्य यूवराज पुराजुली, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य विकास राई, नेपाल दलित संघका केन्द्रिय सदस्य अम्विका परियार, नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका उपसभापति अमित लो तामाङ, चौविसे गाउँपालिका कार्य समितिका कार्यवाहक सभापति कमल वराल, नेपाल पत्रकार महासंघ धनकुटाका सचिव हरिवहादुर लम्जेल, नेपाल प्रजातन्त्र सेनानी संघ धनकुटाका अध्यक्ष दिनेश भण्डारी, नेपाल महिला संघ धनकुटाका उपाध्यक्ष अम्विका धमला, नेपाल दलित संघ धनकुटाका सचिव इन्दु दर्नाल, लोकतान्त्रिक अपांङ संघका अध्यक्ष प्रेम लिम्बु, लोकतान्त्रिक तामाङ संघ धनकुटाका अध्यक्ष विष्णु मोक्तान, नेपाली कांग्रेस वडा सभापति धनकुटा नगर वडा नं. २ राज कुमार राई, महालक्ष्मी वडा नं ३ का सभापति चिरञ्जीवि कोङरेन, सहिदभूमि वडा नं. २ का सभापति दुर्गा विष्ट, वडा नं. ४ का सभापति सन्तोष राई लगायत नेपाली कांग्रेसका नेताहरु र नेपाल किसान महासंघ धनकुटाका विभिन्न वडाहरुबाट जिल्ला प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।












