images
images

साँगुरीगढी पूर्णखोप सुनिश्चितता गर्ने जिल्लाको पहिलो पालिका

धनकुटा । जिल्लाको साँगुरीगढी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । “स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिवद्धता” भन्ने नाराका साथ पालिका स्तरीय खोप समन्वय समितिले पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेको हो ।

सवै वडाका १५ देखि ५९ महिना २९ दिन उमेरका बालवालिकालाई पूर्णखोपको मात्र पुरा गर्दै आइतवार पूर्णखोप सुुनिश्चित गाउँपालिका घोषणा गरिएको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए ।

साँगुरीगढी गाउँपालिका पूर्णखोप सुनिश्चितता घोषणा गर्ने जिल्लामै पहिलो पालिका समेत वनेको छ ।

घोषणा कार्यक्रममा वाेल्दै साँगुरीगढी गाउँपालिका अध्यक्ष वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय वासिन्दालगायतको सक्रियतामा पूर्णखोप सुनिश्चित पालिका घोषणा गर्न सम्भव भएको बताए । उनले अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।

सवै वडालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्यांक र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए । गाउँपालिकाले दिएको तथ्यांक अनुसार १६ देखि २३ महिना उमेरका १ सय ४६ जना र २४ देखि ५९ महिना उमेरका ५ सय ६८ जना वालवालिकाले खोप लगाइसकेका छन् । भने जन्मेदेखि हाल १५ महिना उमेर पुगेका २ सय ५२ जना बालवालिकाहरुले खोप लगाइरहेको स्वास्थ्य शाखाका सिनियर अहेव वावुराम थापाले बताए ।

साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन स्वास्थ्य शाखाका शिअहेव वावुराम थापाले गरेका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मुना राई, योजना अधिकृत दोर्ण राई, स्वास्थ्य कार्यालय धनकुटाका निमित्त प्रमुख विनोद गुरागाई, वडाध्यक्ष, कर्मचारी, महिला स्वास्थ्य स्वयम्सेविका लगायतको उपस्थिति रहेको थियो ।

चैत्र पहिलो हप्ता भित्र धनकुटालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गर्ने योजना रहेको स्वास्थ्य कार्यालय धनकुटाका निमित्त प्रमुख विनोद गुरागाईको भनाई छ । पूर्ण खोप सुनिश्चित घोषणा हुन वाँकी अन्य पालिका फागुन मसान्त भित्र भइसक्ने उनको भनाई छ ।

मेदीमाया घिमिरे बनिन्, उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका
साँगुरीगढी गाउँपालिका वडा नं ५ डाँडाबजारकी मेदीमाया घिमिरे उत्कृष्ट महिला स्वास्थ्य स्वयसेविका घोषित भएकी छिन् । महिला सशक्तिकरण तथा सहभागिताको माध्यमद्वारा सेवा क्षेत्रका आमा तथा बच्चाहरुको स्वास्थ्यमा सुधार ल्याउन समुदाय र स्वास्थ्य संस्थाको विचमा वसेर आवश्यक प्रतिकारात्मक र प्रवर्धनात्मक स्वास्थ्य सेवा समुदायस्तरमा संचालन गरी स्वास्थ्य सम्बन्धी स्थानीय तथा राष्ट्रिय लक्ष्य हासिल गर्ने कार्यमा निःस्वार्थ सेवाको भावले कार्य गरेको भन्दै महिला स्वास्थ्य स्वयम्सेविका मेदीमाया घिमिरेलाई स्वास्थ्य कार्यालय धनकुटाले नगद १२ हजार रुपैया सहित सम्मान गरेको हो । साँगुरीगढी गाउँपालिका पूर्णखोप सुनिश्चित घोषणा कार्यक्रमको अवसरमा स्वास्थ्य कार्यालय धनकुटाका निमित्त प्रमुख विनोद गुरागाई र साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले नगद सहित सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

 

images
images
हुलाकी पत्र
images
SKIP THIS