images
images

पूर्वाञ्चल गट ट्यालेन्ट सिजन ६ को फाइनल फागुन २४ गते हुने

धनकुटा । धनकुटामा यही फागुन २४ गते पूर्वाञ्चल गट ट्यालेन्ट सिजन–६ को फाइनल हुने भएको छ । आयोजक रिक्रियशन मल्टिमिडिया एण्ड इन्टरटेन्टमेन्टले बिहिवार नेपाल पत्रकार महास‌ंघ धनकुटा शाखाकाे सभाहलमा पत्रकार सम्मेलन गरेर गायन र नृत्यतर्फको विजेता छनौट गर्न लागिएको जानकारी दिएको हो ।

टुँडिखेलमा हुने फाइनलमा गायनतर्फ १० र नृत्यतर्फ ९ जनाबीच प्रतिष्प्रधा हुनेछ । दुवै विधातर्फका विजेताले नगद ५/५ लाख पाउने छन् । उनीहरूको ५ लाख बराबरको जीवन विमा पनि गरिनेछ । फस्ट रनअपलाई नगद ५०/५० हजार रुपैया, सेकेण्ड रनरअपलाई २०/२० हजार रुपैया सहित विभिन्न पुरस्कारकाे व्यवस्था मिलाइएको कार्यक्रम संयोजक सुमन योगीले जानकारी दिए ।

गत असार ५ गतेबाट सुरु भएको प्रतियोगिताको सिजन–६ मा ३ सय ८९ जनाले अडिसनमा भाग लिएका थिए । कोशी प्रदेशका १४ वटै जिल्लामा विभिन्न चरणमा भएका अडिसनबाट छनौट हुँदै गायन र नृत्यतर्फ १९ जना प्रतियोगी फाइनल पुगेका हुन् ।

प्रतियोगितामा निर्णायकबाट ५० प्रतिशत र ‘भोटिङ्ग’ बाट ५० प्रतिशत अंक प्रदान गरी विजेता छनौट गरिनेछ । गायक जुनी खालिङ्ग राई, हेमु स्मृति चाेङवाङ र महेश राई गायनतर्फको निर्णायकको भूमिकामा हुने छन् । त्यस्तै, नृत्यतर्फ युसिन यस्माली मगर, सुशान्त लिम्बू  र दिपेश मगर निर्णायकको भूमिकामा रहने आयोजकले जनाएको छ ।

यो पटक कृष्णभक्त राई र इन्द्र सुशिल लिम्बू अतिथि निर्णायकको भूमिकामा छन् ।

images
images
हुलाकी पत्र
images
SKIP THIS