धनकुटा । सहकारी सम्बन्धि कानुन समयमै नबन्दा सहकारीमा समस्या बढि भएको एक कार्यक्रममा सहभागीले बताएका छन् । उद्योग कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशले धनकुटामा आयोजना गरेको पालिका स्तरिय जनप्रतिनीधि तथा सरोकारवालाहरुसँग सहकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सहभागीले यस्तो बताएका हुन् ।
धनकुटा नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख विकास अधिकारीले आवश्यक कानुनको अभावमा समस्या आएको बताए । त्यस्तै जिल्ला समन्वय प्रमुख निरेन तामाङले सहकारी कानुन, शिक्षा तथा अनुगमनका नहुँदा समस्या हुने गरेको बताए ।
ऋण लगानी र असुलीको सन्तुलन नहुँदा सहकारी समस्यामा परेको उनको दाबी छ । त्यस्तै सहकारीले जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष खगेन्द्र सुबेदीले सहकारी दश लाख भन्दा बढि रकम जिल्ला स्तरीय सहकारीमा जम्मा गर्न नपाउने व्यवस्था अनुकूल नरहेको बताए ।
आफ्नो रकम आफू रहेको सहकारीमा जम्मा गर्न नपाइने तर अरू भएका वित्तिय संस्था झन् के को विश्वासले जम्मा गर्ने सुवेदीले प्रश्न
गरे । कार्यक्रममा बोल्दै स्थानीय चिरञ्जीवी दाहालले केही सहकारीको बदमासीका कारण सबै सहकारीलाई समस्या परेको गुनासो गरे ।
अन्तक्रिया सहकारीको अवस्था, अवसर, चुनौती, भावी कार्य दिशा बारे कार्यपत्र उद्योग कृषि तथा सहकारी मन्त्रालयका शाखा अधिकृत तोयानाथ तिम्सिनाले प्रस्तुत गरेका थिए ।
जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरन तामाङको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा प्रस्तुत कार्यपत्रमाथि सञ्चारकर्मी रमेशचन्द्र अधिकारी र सामाजिक अभियन्ता तथा सहयोगी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जेपी भुजेलले टिप्पणी गरेका थिए ।







