images
images

विश्रान्तिमा आयोजना गरिएको शिवमहापुराणमा डेढ करोड रुपैया संकलन

धनकुटा । ‘पुराण तपाईंको संयोजन विश्रान्ति’ को भन्ने मूल नाराका साथ गतफागुन ४ देखि १५ गतेसम्म मुलघाटस्थित विश्रान्ति परिसरमा संचालन भएको शिवमहापुराणमा डेढ करोड भन्दा बढी रुपैया संकलन भएको छ ।

धनकुटा नगरपालिका वडा नं. ९ मूलघाट तमोरी गङ्गा निकट किराँतेश्वर महादेवको क्रीडास्थल विश्रान्ति मन्दिर परिसरको पवित्र भूमिमा पहिलो पटक शिवपहापुराणको आयोजना गरिएको थियो ।

शिवमहापुराण आयोजना मूल समारोह समितिले आज प्रेस नोट सार्वजनिक गर्दै विश्रान्ति मन्दिरमा संचालित गुरुकुल तथा वृद्धाश्रम व्यवस्थित गर्न सहयोगार्थ आयोजना गरिएको पुराणबाट १ करोड ५२ लाख ६० हजार ४ सय ५५ रुपैया नगद संकलन भएको जानकारी दिएको हो । पुराणअवधिभर ३७ लाख रुपैया खर्च भएको र संकलित रकमबाट कुल खर्च कटाएर १ करोड १५ लाख ६० हजार ४ सय ५५ रुपैया बचत भएको मूल समारोह समितिका महासचिव जनार्दन घिमिरेले बताए । पुराणमा धनकुटा सहित झापा, मोरङ, सुनसरी सहितपूर्वका अधिकांश जिल्लाबाट ३५ हजार भन्दा बढी भक्तजनहरुको उपस्थिति रहेको थियो ।

शिवमहापुराणलाई सार्थक र सफलतापूर्वक सम्पन्न गराउन मूल समारोह समिति, उपसमितिहरु, भीमदल गण सल्लेरी ब्यारेक, जिल्ला प्रहरीक ायाृलय धनकुटा तथा सशस्त्र प्रहरी वल धनकुटाका स्वयम्सेवक तथा भूपु सेनाका सम्पूर्ण सदस्यहरु, विश्रान्ति आमा समूहका सदस्यहरु, प्रमुख अतिथि विद्वान सन्त महात्मा स्वामीज्यूहरु, पूर्वमन्त्री, संघीय तथा प्रदेश सभाका सदस्यहरु, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, जिल्ला समन्वय समिति धनकुटाका प्रमुख तथा उपप्रमुख, विभिन्न वडाका वडाध्यक्षहरु, धनकुटा जिल्लावासीहरु तथा सुनसरी, मोरङ, झापा, तेह्रथुम, इलाम, भोजपुर, संखुवासभा, काठमाडौं लगायतका सम्पूण विश्रान्ति भक्तजनहरु, विभिन्न संघसंगठन, वैक, वित्तिय संस्थाहरु, धनकुटा बजारस्थित विभिन्न विद्यालयहरु, एवम् पत्रकार महासंघ, संचारकर्मीहरु लगायतले देखाएको आत्मियता, सहयोग, समर्थनप्रति आभार सहित धन्यवाद ज्ञापन गरिएको प्रेस नोटमा उल्लेख छ ।

images
images
हुलाकी पत्र
images
SKIP THIS