
धनकुटा । ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा साँगुरीगढी गाउँपालिकाले पालिकास्तरीय महिला कविता प्रतियोगिता तथा विविध कार्यक्रमको आयोजना गरेको छ ।
“सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण” भन्ने मूल नाराका साथ साँगुरीगढी गाउँपालिकाले आयोजना गरेको पालिका स्तरीय महिला कविता प्रतियोगितामा पवित्रा कुमारी साबदेन लिम्बूले प्रथम स्थान हासिल गरिन् । त्यस्तै एन्जल लिम्बूले द्वितिय, मौसमी राईले तृतीय, बिनिता राई र कुमारी राईले सान्त्वना स्थान प्राप्त गरे ।
कविता प्रतियोगिताको निर्णायक मण्डल संयोजकको रुपमा कवि केजी सुब्बा, निर्णायक मण्डल सदस्यको रुपमा कवि हेमू लिम्बू र कवि सन्देश सुब्बा सेन्लप रहेका थिए । । सोही अवसरमा आयोजित हाडी फुटाउनेमा मौसमी राई विजेता घोषित भइन् ।
कार्यक्रममा साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई, सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राई, साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राई, प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य, महिला तथा बालवालिका शाखा महिला विकास निरिक्षक सिर्जना हिङमाङ लगायतको उपस्थिति रहेको थियो ।