images
images

धनकुटाका दुई स्थानीय तहले मनाए स्थापना दिवस

धनकुटा । जिल्लाको साँगुरीगढी गाउँपालिका र छथरजोरपाटी गाउँपालिकाले स्थापना दिवसको अवसर पारेर विविध कार्यक्रमको आयोजना गरेको छ । २०७३ साल फागुन २७ गते आजकै दिन स्थानीय तह स्थापना भएको थियो ।

छथरजोरपाटी गाउँपालिकाले स्थापना दिवसको अवसरमा पालिकामा कार्यरत उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । पालिकाले गत वर्षको एसइई तथा १२ कक्षामा सर्वोकृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कृत गरेको छ । त्यस्तै सो अवसरमा गरिएको पालिका स्तरीय भलिबल प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई समेत पुरस्कृत गरिएको छ । कार्यक्रममा पालिकामा बसोबास गर्ने ११ विभिन्न जातीको झाँकी तथा नाच प्रदर्शन गरिएको छ । प्रमुख प्रशासकिय अधिकृत महेन्द्र बहादुर घिमिरेले हाल सम्म भएको भौतिक तथा वित्तिय प्रगतिको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै पालिका अध्यक्ष छत्र सुब्बाले आफूहरू जनतालाई दिएको बाचा अनुरूप काम गरिरहेको बताउनु भयो । पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम पालिकाका जनप्रतिनिधि कर्मचारी, शिक्षक तथा स्थानीयको सहभागिता रहेको थियो ।

त्यस्तै धनकुटाको साँगुरीगढी गाउँपालिकाले पनि विभिन्न कार्यक्रम आयोजना गरी पालिका दिवस मनाएको छ । जिल्ला समन्वय प्रमुख निरेन तामाङको प्रमुख आतिथ्यतामा पालिकाका जनप्रतिनिधि कर्मचारी, शिक्षक तथा स्थानीयको सहभागिता स्थापना दिवस मनाएको
हो । धनकुटाका सात पालिका मध्ये धनकुटा र पाख्रिवास नगरपालिका बाहेक अन्य पाँच पालिकाको स्थापना दिवस भए पनि दुई पालिकाले मात्र स्थापना दिवस मनाउने गरेका छन् ।

 

images
images
हुलाकी पत्र
images
SKIP THIS