धनकुटा । हत्या गरेको आशंकामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । छथरजोरपाटीका ४४ वर्षीय जितमाया लिम्बू, १९ वर्षीय ईन्द्रबहादुर तामाङ, ३२ वर्षीय चेतुलाल मगर, ३१ वर्षीय दाछिरी शेर्पा र एक जना १६ वर्षीय एक नाबालक रहेका छन् । उनीहरुलाई छथर जोरपाटी बजार र धनकुटा बजारबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
गत बिहिवार छथरजोरपाटी गाउँपालिका वडा नं २ गुरुङटोल बस्ने ३८ बर्षिया खेम बहादुर दर्लामी मृत अवस्थामा फेला परेका थिए ।गुरुङकाे शवको प्रकृति हेर्दा शरीरमा चोटपटक लागेको र घाँटीमा डाम समेत रहेकाले शंकास्पद देखिएकाले ती व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए ।
आवश्यक कानूनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ । शवको पोष्टमार्टम हुन बाँकी बताइएकाे छ ।







