images
images

धनकुटाको डाँडाबजार नजिकैको तारेभीर सामुदायिक वनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेन

धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ५ डाँडाबजार नजिकैको तारेभीर सामुदायिक वनमा लागेको डढेलो अझैं नियन्त्रणमा आउन सकेको छैन ।

आज दिउँसो १ बजेदेखि तारेभीर सामुदायिक वनमा डढेलो लाग्न सुरु भएको थियो । हावाहुरी चलिरहेको कारण अहिले डाँडाबजार वस्ती नजिक डढेलो आइपुगेको स्थानीय मिलन थेगिमले बताए । उनका अनुसार अहिले डढेलो लागेको स्थान डाँडाबजार खेलमैदान भन्दा तल्लो क्षेत्रमा हो । वस्ती तर्फ आउने जोखिम बढेको उनले बताए ।

साँगुरीगढी गाउँपालिका वडा नं. ४ फाक्सिव स्थित सातपत्रेबाट डढेलो सुरु भएको स्थानीयको भनाई छ । तीव्र हावाको वेगसँगै डढेलो फैलिएपछि डाँडाबजारका स्थानीय यूवाहरुले खेलमैदान भन्दा तल्लो क्षेत्रमा रहेको खोल्सीमा अग्नी रेखा बनाएका थिए ।

 

images
images
हुलाकी पत्र
images
SKIP THIS