images
images

पाँचौ सहिद प्रकाश थापा स्मृति पालिका स्तरीय भलिवल प्रतियोगिता सुरु

धनकुटा । सहिदभूमि गाउँपालिका वडा नं. १ स्थित सहिद प्रकाश थापाको गृह गाउ घंघरुमा पाँचौ सस्करणको सहिद प्रकाश थापा स्मृती पालिका स्तरीय भलिवल प्रतियोगिता शुरु भएको छ ।
धनकुटा जिल्ला र छिमेकी जिल्लाहरुको पालिकाहरुबाट गरी जम्मा ६ वटा पालिकाहरुले भाग लिएको उक्त सहिद प्रकाश थापा स्मृति पालिका स्तरीय भलिवल प्रतियोगितको उद्घाटन साँगुरीगढी गाउपालिका प्रमुख जितेन्द्र राई उद्घाटन गर्दै खेलकुदको विकास लागी सवै एकजुट हुनु पर्नेमा जोड दिए । उनले स्वर्गीय सहिद प्रकाश थापाको योगदानको महत्वपूर्ण रहेको वताए ।

नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई तथा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले खेलकुदको माध्यमबाट राष्ट्रको पहिचान कायम गर्दै जीवन निवाह गर्न सकिने भएकाले राज्यले खेलकुदमा लगानी गर्नु पर्नेमा जोड दिए । उनले सहिद प्रकाश थापाले मुलुकको शान्ति सुरक्षा कायम गर्नका लागी आफ्नो जीवन वलिदान दिएको बताए ।

नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास, सहिद प्रकाश थापाका बुवा तथा स्मृति ट्र«ष्टका संरक्षण गोपाल राज थापा, आमा ओमकुमारी थापा, इलाका प्रहरी कार्यालय छिन्ताङका वरिष्ठ सई गजेन्द्र श्रेष्ठ, सहिदका भाई अर्जनु थापा, ट्र«ष्टका अध्यक्ष दिलवहादुर थापा, आयोजक समितिका संयोजक टंक थापा, यूवा नेता नरेन्द्र कश्चित, समाजसेवी गणेश वहादुर नाईका, यूवा समाजसेवी नेपाली कांग्रेस धनकुटका जिल्ला सदस्य तिर्थ राई, कल्पन राई, वडा सदस्य सोम मगर लगायत आफन्तजनहरुले सहिद प्रकाश थापाको तस्विरमा माल्यापर्ण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए ।

टष्टका अध्यक्ष दिलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सदस्य सरस्वती थापाले र कार्यक्रमको संचालन यूवा नेता नरेन्द्र कश्चितले गरेका थिए । उद्घाटन खेलमा साँगुरीगढी गाउँपालिकालाई आयोजक टिम सहिदभूमि गाउँपालिकाले पराजित गरेको सचिव अर्जुन थापाले वताए ।

सहिद प्रकाश थापा स्मृति ट्रष्टले पालिकास्तरीय भलिवल प्रतियोगिताका साथमा साँस्कृतिक प्रदर्शन र खानाका परिकार समेत राखेको छ । प्रतियोगितामा चैत्र १६ गते सम्म संचालन हुने सचिव अर्जुन थापाले वताए ।

 

images
images
हुलाकी पत्र
images
SKIP THIS