विराटनगर/काठमाण्डौ तीनकुनेमा भएको हिंसात्मक गतिविधी लोकतन्त्र माथिको प्रहार भएको कोशी प्रदेसका मुख्यमन्त्री हिक्मत कार्कीले बताउनु भयो । नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले पत्रकार शुरेस रजक र संञ्चारगृह माथि भएको आक्रमको घोर भत्र्सना गर्र्दै पत्रकारहरुको सुरक्षाको माग राख्दै मुख्यमन्त्री कार्कीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री कार्कीले पत्रकार मार्थिको आक्रमण,पत्रकारको हत्या र सञ्चारगृह माथिको आक्रमण सुनियोजित र लोकतन्त्रमाथिको प्रहार भएको बताउनुभएको छ ।
मुख्यमन्त्री कार्कीले काठमाण्डौमा भएको तथाकथित आन्दोलन भएको बताउनु हुँदै आन्दोलन नभई लुटपाट गर्ने श्रृङ्खला मात्र भएको बताउनुभयो । मुख्यमन्त्री कार्कीले अपराधिक गतिविधीबाट गरिएको आन्दोलन सबैतिरवाट विरोध गर्नुपर्ने बताउनुभएको छ । पत्रकार र सञ्चारगृहमाथि भएको अपराधिक गतिविधिको भत्र्सना गर्दै पत्रकारले गरेको आन्दोलनको पूर्णसमर्थन गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेसका अध्यक्ष भरत खड्काको नेतृत्वमा नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य कमल रिमाल लगायतको उपस्थितीमा पत्रकारको सुरक्षा तथा कार्यक्षेत्रमा सहज वातावरणमा काम गर्न पाउनुपर्ने साथै मृतक पत्रकार तथा घाइते पत्रकारको उपचार र क्षतिपूर्तिको माग राख्दै ज्ञापन पत्र बुझाएको थियो ।







